back
Naima

सेयर बजारमा हरियाली, कुनको कति भयो कारोबार ?

आज फाइनान्स र व्यापार समूहमा उछाल

काठमाडौं । मंगलबार भारी अंकले घटेको सेयर बजारमा बुधबार हरियाली देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात् १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ । मंगलबार बजार ५.१८ प्रतिशत अर्थात् १४५.०५ अंकले घटेको थियो ।

कारोबार अवधिभर ३३० कम्पनीको ३ करोड ७८ लाख ७३ हजार २१३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८३ करोड २६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार कारोबार रकमले भने नयाँ रेकर्ड राखेको थियो । त्यस दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएको थियो ।

आज सबै समूहहरु हरियाली बनेका छन् । आज फाइनान्स र व्यापार समूहमा उछाल देखिएको छ ।

आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको भने घटेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सुपर मादी हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य घटेको हो । बोटलर्स नेपाल (बालाजु), गुडवील फाइनान्स, समृद्धि फाइनान्स प्रोगेशिभ फाइनान्स, नेपाल रि-इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, दोल्ती पावर, सिटी होटल, हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा भने हिमालयन रि-इन्स्योरेन्स अग्रस्थानमा छ । यस कम्पनीको १ अर्ब करोड ५३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख, सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख, शिवम् सिमेन्टको ४६ करोड २१ लाख र चिलिमे हाइड्रोपावरको ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधारका लागि उच्चस्तरीय कार्यदल गठन, पहिलो बैठक सम्पन्न

वि.सं.२०८३ साउन २० बुधवार ०९:४१

काठमाडौँ । नेपालको पूँजीबजारको जग मानिने प्राथमिक बजार (Primary Market)...

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ साउन १९ मंगलवार १८:२३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न मिल्ने गरी सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार कित्ता शेयर बिक्रीमा

वि.सं.२०८३ साउन १९ मंगलवार १३:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...