समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३१ सोमवार

काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।यो सेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्ने छन् ।
साथै, तोकिएको समयभित्र उक्त सेयरहरू खरिदका लागि सम्बन्धित संस्थाका संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीहरूले जनाएका छन् ।

प्रकाशित समय : १०:०८ बजे