मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा
वि.सं.२०८१ वैशाख १९ बुधवार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौं आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
प्रकाशित समय : २२:३९ बजे





















