back

शेयर लगानीकर्ताले भेटे अर्थमन्त्री पौडेललाई, पूँजी बजारका समस्या समाधान गर्न सकारात्मकः सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । शेयर लगाानीकर्ताका संगठन नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन्।

लगानीकर्ताहरुले अर्थमन्त्री पौडेललाई भेटेर पूँजीबजारका समस्या सम्बोधन गर्न आग्रह गरेका छन्।

भेटमा लगानीकर्ताले ब्रोकर लाइसेन्सको काम अघि बढाउनुपर्ने, शेयर धितो कर्जाको जोखिम भार १०० मा झार्नुपर्ने, पूँजीगत लाभकर साढे ७ प्रतिशतबाट ५ प्रतिशतमा झार्नुपर्ने र शेयर धितो कर्जामा १२ करोडको सिमा हटाउनुपर्ने माग गरेका थिए।

उक्त विषयमा अर्थमन्त्री पौडेलले पूँजीबजारमा देखिएका समस्या सामाधानको लागि सहकार्य गर्न तयार रहेको बताएका छन्।

“अर्थतन्त्रका सबै क्षेत्रमा भएका समस्या सामाधान गर्दै सबल र सुदृढ अर्थतन्त्रको भएको मुलुकको रुपमा विकास हुनुपर्छ। हाम्रो प्रयास त्यहि उद्देश्यको निम्ति केन्द्रित हुनुपर्छ” अर्थमन्त्री पाैडेलले भने “अर्थमन्त्रालयको नेतृत्वमा रहँदा आर्थिक जगतका सबैसँग सहकार्य गर्दै अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्नेछु।”

उनले पूँजीबजारका समस्याहरुलाई आगामी दिनमा छलफलको विषय बनाउने समेत बताएका छन्।

 


कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ५ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको...

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०८:५८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

अरुण भ्याली हाइड्रोको करीब २० लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:५६

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले झन्डै २० लाख...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०७:२९

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री...

धितोपत्र ऐन २०६३ संशोधन: यस्ता छन् नयाँ व्यवस्था

धितोपत्र ऐन २०६३ संशोधन: यस्ता छन् नयाँ व्यवस्था

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२०

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ ।...