back

सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

बैशाख १२ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत (करसहित)को नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले संस्थापक सेयरधनी समूहबाट ५ (पाँच) जना सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट एक जना शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, स्वतन्त्र संचालकमा नेहा अग्रवाल मनोनित भएकी छिन् ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७१०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०८१ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता जनाएका छन् । साथै, उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् ।

उक्त सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।


दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५८

काठमाडौँ । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले...

माइडिया ब्रान्डले ल्यायो गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने फ्यान

माइडिया ब्रान्डले ल्यायो गर्मि मात्र नभएर बिजुलीको बिल पनि घटाउने फ्यान

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४८

काठमाडौं । वल्र्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी...

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:२६

विरेन्द्रनगर । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:४८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:०६

काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले...