back
skip this Samagra

सेञ्चुरी कमर्सियल बैंकद्वारा पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंककाे बाह्रौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ ।

पुष १४ अथवा बिहीबारका दिन सम्पन्न भएको उक्त साधारण सभाको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको हो ।

सेञ्चुरी कमर्सियल बैंककाे आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ कराेड ५४ लाख ७१ हजार ५७६ रूपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसकासाथै साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ । यस साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व रूपैयाँ र कर्जा रकम ६६.९३ अर्व रूपैयाँ परिचालन गरी २२.०२ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

 


सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१५

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

बैंक  ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंक ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०८

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् । २०८१...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...