back

जापानको ओसीसीले १२ अर्ब रुपैयाँमा स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्दै

काठमाडौं । जापानको ओसियन केवल एण्ड कम्युनिकेशन (ओसीसी कर्पोरेशन) ले मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सेयर किन्ने भएको छ ।

ओसीसीले स्मार्ट टेलिकमको बहमुत सेयर ८० प्रतिशत १२ अर्ब रुपैयाँमा किनेर शेयर धनि बन्न लागेको हो । मोबाइल सेवा प्रदायक कम्पनीमा तेस्रो बजार हिस्सा लिएको स्मार्टको ग्राहक बढाउने योजना देखिएको छैन । सरकारलाई बुझाउनुपर्ने रोयल्टीको लागि हरेक पटक सिमा बढाउदै लगेको छ । पछिल्लो समय असार मसान्तभित्रमा स्मार्टले आफुले बुझाउनुपर्ने रोयल्टी नबुझाएमा स्मार्टको लाइसेन्स सरकारको स्वामित्वमा जाने छ । स्मार्टका लगानीकर्ताले सूचना तथा संचार मन्त्रालयमा जापानको ओसीसी कर्पोरेशनले सेयर किन्ने विषयमा जानकारी दिएको छ ।

डिल प्रक्रियासँग जानकार स्रोतका अनुसार स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्ने विषयमा २ महिना अगाडि नै सम्झौता भईसकेको छ । जसको सम्पत्ति र दायित्वको मूल्याकनमा नेपाली चार्टर्ड एकाउन्टेन्स् सुवास झुनझुनवालाको फर्मले गरेको थियो । स्मार्टको डिडिए रिपोर्ट समेत तयार भइसकेको छ ।

ओसीसी नेपालमा सिधै नआएर दुबई मार्फत आउने स्रोतले जनाएको छ । जुन २० प्रतिशत सेयर नेपाली लगानीकर्ताको रुपमा स्मार्टको अहिलेका लगानीकर्ता नै हुने छ । टेलिकममा ८० प्रतिशतसम्म मात्र विदेशी लगानी ल्याउन पाइन्छ । २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको हुनुपर्ने व्यवस्था छ ।

डिल प्रक्रियामा सहभागी स्रोतका अनुसार ओसीसीले रकम दिएपछि स्मार्टको सरकारलाई बुझाउनुपर्ने बक्यौता भने अहिलेको लगानीकर्ताले तिर्ने छ । स्मार्टको बैंकको ऋणको स्वामित्व नयाँ लगानीकर्तामा जाने छ ।

अहिले स्मार्ट टेलिकमले सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिनुपर्ने छ । सरकारले २०७८ साल असार मसान्तसम्ममा बक्यौता रकम तिर्नको लागि अन्तिम पटक म्याद थप गरेको छ । गतवर्षदेखि नै स्मार्टले बक्यौता रकम तिर्नको लागि हरेक पटक अन्तिम भन्दै म्याद थप गराउदै आएको छ ।

यसअघि फागुन मसान्तसम्म स्मार्टले बक्यौता रकम तिर्नको लागि म्याद पाएको थियो । तर,फागुन मसान्तभित्र स्मार्टले बक्यौता रकम नतिरेपछि सरकारले असार मसान्तसम्म थपेको छ ।

स्मार्टको २ लाख २२ हजार ग्राहक छन् । काठमाडौं उपत्यकाको रिंग रोडभित्रमा यसको सर्भिस राम्रो भएपनि कम्पनीको नीतिको कारण ग्राहक बढ्न सकेको छैन ।


नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ११:२६

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो...

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

वि.सं.२०८१ कात्तिक १ बिहीवार ११:५६

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी...

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...