back

जापानको ओसीसीले १२ अर्ब रुपैयाँमा स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्दै

nactional life

काठमाडौं । जापानको ओसियन केवल एण्ड कम्युनिकेशन (ओसीसी कर्पोरेशन) ले मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सेयर किन्ने भएको छ ।

ओसीसीले स्मार्ट टेलिकमको बहमुत सेयर ८० प्रतिशत १२ अर्ब रुपैयाँमा किनेर शेयर धनि बन्न लागेको हो । मोबाइल सेवा प्रदायक कम्पनीमा तेस्रो बजार हिस्सा लिएको स्मार्टको ग्राहक बढाउने योजना देखिएको छैन । सरकारलाई बुझाउनुपर्ने रोयल्टीको लागि हरेक पटक सिमा बढाउदै लगेको छ । पछिल्लो समय असार मसान्तभित्रमा स्मार्टले आफुले बुझाउनुपर्ने रोयल्टी नबुझाएमा स्मार्टको लाइसेन्स सरकारको स्वामित्वमा जाने छ । स्मार्टका लगानीकर्ताले सूचना तथा संचार मन्त्रालयमा जापानको ओसीसी कर्पोरेशनले सेयर किन्ने विषयमा जानकारी दिएको छ ।

डिल प्रक्रियासँग जानकार स्रोतका अनुसार स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्ने विषयमा २ महिना अगाडि नै सम्झौता भईसकेको छ । जसको सम्पत्ति र दायित्वको मूल्याकनमा नेपाली चार्टर्ड एकाउन्टेन्स् सुवास झुनझुनवालाको फर्मले गरेको थियो । स्मार्टको डिडिए रिपोर्ट समेत तयार भइसकेको छ ।

ओसीसी नेपालमा सिधै नआएर दुबई मार्फत आउने स्रोतले जनाएको छ । जुन २० प्रतिशत सेयर नेपाली लगानीकर्ताको रुपमा स्मार्टको अहिलेका लगानीकर्ता नै हुने छ । टेलिकममा ८० प्रतिशतसम्म मात्र विदेशी लगानी ल्याउन पाइन्छ । २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको हुनुपर्ने व्यवस्था छ ।

डिल प्रक्रियामा सहभागी स्रोतका अनुसार ओसीसीले रकम दिएपछि स्मार्टको सरकारलाई बुझाउनुपर्ने बक्यौता भने अहिलेको लगानीकर्ताले तिर्ने छ । स्मार्टको बैंकको ऋणको स्वामित्व नयाँ लगानीकर्तामा जाने छ ।

अहिले स्मार्ट टेलिकमले सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिनुपर्ने छ । सरकारले २०७८ साल असार मसान्तसम्ममा बक्यौता रकम तिर्नको लागि अन्तिम पटक म्याद थप गरेको छ । गतवर्षदेखि नै स्मार्टले बक्यौता रकम तिर्नको लागि हरेक पटक अन्तिम भन्दै म्याद थप गराउदै आएको छ ।

यसअघि फागुन मसान्तसम्म स्मार्टले बक्यौता रकम तिर्नको लागि म्याद पाएको थियो । तर,फागुन मसान्तभित्र स्मार्टले बक्यौता रकम नतिरेपछि सरकारले असार मसान्तसम्म थपेको छ ।

स्मार्टको २ लाख २२ हजार ग्राहक छन् । काठमाडौं उपत्यकाको रिंग रोडभित्रमा यसको सर्भिस राम्रो भएपनि कम्पनीको नीतिको कारण ग्राहक बढ्न सकेको छैन ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:४५

काठमाडौं । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि...

नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

नेपालमा स्मार्टफोन आयातमा चीनको वर्चस्व बढ्दै, भारतबाट आयात घट्दो

वि.सं.२०८२ फागुन १४ बिहीवार १०:०४

काठमाडौं । पछिल्ला केही वर्षयता भारतमा समेत ठूलो परिमाणमा स्मार्टफोन...

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५०

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी...

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

वि.सं.२०८२ वैशाख २५ बिहीवार १०:४९

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन...

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

वि.सं.२०८१ चैत २५ सोमवार ०९:५२

सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी...