back

कमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो ।

जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज बीचको संयुक्त परियोजना अन्तरगत टर्बाइन बुधबार एक कार्यक्रमका विच स्थापना गरिएको छ । उक्त टर्बाइन हावा र सोलार उर्जाबाट चल्नेछ । सानो आकार, कम कम्पन र सहजरुपमै मर्मतसम्भार गर्न सकिने यसको विशेषता हो ।

विन्ड टर्बाइन ब्लेड नायलन फाइबरबाट बनेको छ । टर्बाइनले कम हावाको गतिमा पनि काम गर्ने, उच्च हावा ऊर्जा उपयोग गर्न सकिनेछ । जेनेरेटरले विशेष रोटर डिजाइनको साथ पेटेन्ट गरिएको स्थायी चुम्बक रोटर अल्टरनेटर अपनाउने भएकोले जेनेरेटरको प्रतिरोध टर्कलाई प्रभावकारी रूपमा कम गर्ने बताइएको छ ।

जापान ऊर्जा सुरक्षा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण समेत गरेका छन् । ‘यो प्रोजेक्टले नेकका विद्यार्थीहरूलाई वायुउर्जा सम्बन्धी सोध अनुसन्धान गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौं ।’ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।

बुधबार कलेजमा विद्यार्थीहरू सँगको अन्तरक्रियात्मक प्रस्तुतिकरणमा बोल्दै जापान उर्जा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइनले विद्यार्थीहरुको अध्ययन अनुसन्धानलाई थप परिस्कृत र बलियो बनाउने बताए ।
७२ वर्षीय किरिहरा नेकका भिजिटिङ प्रोफेसर समेत हुन् । नेपालले जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर भए दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।


सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

सामसङले नेपालमा ल्यायो नयाँ ग्यालेक्सी एम १६ फाइभजी

वि.सं.२०८१ चैत २५ सोमवार ०९:५२

सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी...

मोबाइल फोन रिसाइक्लिंग व्यवसाय फस्टाउँदो

मोबाइल फोन रिसाइक्लिंग व्यवसाय फस्टाउँदो

वि.सं.२०८१ चैत १८ सोमवार १७:३८

चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा,...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०८१ चैत १० आइतवार १०:४४

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

वि.सं.२०८१ चैत ६ बुधवार १७:३४

चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा...

नेपाली बजारमा आयो नथिङ फोन थ्री ए, उत्कृष्ट डिजाइन र प्रिमियम फिचर सहित

नेपाली बजारमा आयो नथिङ फोन थ्री ए, उत्कृष्ट डिजाइन र प्रिमियम फिचर सहित

वि.सं.२०८१ फागुन २७ मंगलवार १२:३९

काठमाडौं । नथिङ फोन थ्री ए नेपाली बजारमा प्रवेश गरेको...

दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ: मन्त्रालय मौन बस्न मिल्दैन्’

दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ: मन्त्रालय मौन बस्न मिल्दैन्’

वि.सं.२०८१ फागुन १९ सोमवार १७:३९

काठमाडौं- दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र...