back

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रकृया अन्तिम चरणमा पुग्यो

काठमाडौं । लामो समयदेखि चर्चामा आएको विषय हिमालयन र इन्भेष्टमेन्टको मर्जर अब भने नजिक पुगेको छ । कुनै भवितव्य नपरेमा आगामी बैसाख १४ गते मंगलबार नेपालको २ पुराना र ठुला बैंकको मर्जरको एमओयू हुने भएको छ । यी दुई बैंकहरु डिडिए सकेर मर्जको तयारीमा जुटेका हुन ।
बैसाख १४ गते मंगलबार मर्जरको लागी एमओयूको तयारी भएको एक बैंक स्रोतले जनाएको छ । मर्जर अन्तिम चरणमा पुगेको छ । कुनै बाधा आएन भने आगामी असारभित्रै एकिकृत कारोवारको तयारी भएको स्रोतले जनाएको छ ।
हिमालयन बैंक संचालक समिति बैंठक बैसाख २ गते बसेको थियो । सो बैठकमा मर्जरबारे घनिभुत छलफल भएको थियो । कुनै भवितव्य घट्ना नभएमा आगामी मंगलबार दुई बैंकको मर्जरबारे एमओयू हुने जनाइएको छ ।
नेपालको दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लि विचि मर्जरको तयारी तिब्र भैरहेको छ । हिमालयन बैंकको चुक्तापुँजी अहिले २० अर्व रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको २६ अर्व रहेको छ । दुई बैंक मर्जरपछि कुल चुक्तापुँजी रिजर्भसहित ४६ अर्बको हुनेछ ।

बैंकको नाममा पनि प्ररम्भीक छलफल भएको छ । दुबै बैंकको अस्तित्व नमेटिनेगरी हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने तयारी भएको छ । अन्तिम टुङ्गो नलागेपनि नाम र अध्यक्ष सीईओ र डेपुटी सीईओबारे छलफल भैरहेको छ । यद्येपी यसको टुङ्गो भने एमओयू पछिमात्रै लाग्नेछ ।

प्रारम्भीक छलफल अनुसार अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकले लिने र सीईओ हिमालयन बैंकले पाउने लगभग सहमती भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे मर्जपछि पनि अध्यक्ष रहेनेछन भने सीईओमा हालका हमिालयन बैंकका सीईओ अशोक राणानै कायम रहनेछन ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...