back

व्यथाले छट्पटिएकी प्रसूतिलाई भर्ना लिइएन: कोरोना परीक्षणको लाइनमै जन्माइन् बच्चा

काठमाडौं ।  घटना भारतको हो । छत्तिसगढको कोरबा जिल्ला अस्पतालमा सरकारी सिस्टमको एक अमानवीय तस्विर बाहिरिएको छ ।

नकटीखार निवासी २७ वर्षीया गनेशिया वाई मन्झवारलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । पति देवानन्द मन्झवारले जिल्ला अस्पतालस्थित प्रसुती कक्षमा पुु-याए ।

त्यहाँ नर्स र कर्मचारीहरुले  भर्ना लिनुको साटो पहिला कोरोना परीक्षण गरेर आउन भने ।

जिल्ला अस्पताल परिसरस्थित कोरोना जाँच केन्द्रमा यी महिलालाई पुु-याउँदा बिहान साढे आठ बजेको थियो । कोरोना केन्द्रमा जाँच ९ बजेबाट सुरु हुन्छ । देवानन्दका अनुसार उनकी श्रीमतीलाई कोरोना जाँचका लागि लाइनमा राखियो ।

यही समय उनी व्यथाले चिच्याउन थालिन् र केही मिनेटमै त्यही सुत्केरी भइन् । त्यसपछि एक ह्विल चेयरमा राखेर उनलाई प्रसूती कक्षमा लगियो ।

आयो नेगेटिभ रिपोर्ट 

यसपछि सुत्केरीको कोरोना जाँच भयो । आमा र शिशु दुबैको रिपोर्ट नेगेटिभ आयो । दुबै स्वस्थ छन् । जिल्ला अस्पतालका सिभिल सर्जन डाक्टर अरुण तिवारीले भने,‘ पहिले पनि एक गर्भवती महिला कोरोना पोजेटिभ देखिएकी थिइन्, त्यसैकारण कोरोनाको जाँच जरुरी थियो ।’

यद्यपी, व्यथाले छट्पट्एकी व्यक्तिलाई भर्ना गर्नुको साटो लाइनमा लगाउने अस्पताल प्रशासनको यस अमानवीय कदमको सर्वत्र निन्दा भएको छ । एजेन्सी

२०७८ वैशाख २८ गते प्रकाशित ।

 


दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१९

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:३६

काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै...

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:२५

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष...