back

नेपाल इन्स्योरेन्स नाफा २६.८७ बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा २६.८७ प्रतिशतले बढेको छ । नाफा वृद्धिपछि कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्म १७ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा भएको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार ३९.०५ प्रतिशतले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ३६ करोड ४७ लाख १० हजार रुपैयाँ रहेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३५.२७ प्रतिशतले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ४३ करोड १ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको जगेडा कोष १६.१६ प्रतिशतले बढेर ४० क

रोड १७ लाख ३५ हजार रुपैयाँ छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा छ । त्यस्तै, यस अवधिमा कम्पनीको कूल दाबी भुक्तानी १७३.२२ प्रतिशतले बढेर ४८ करोड ४८ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कूल दाबी भुक्तानी १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ गरेको थियो ।

२०७८ वैशाख २८ गते प्रकाशित ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

वि.सं.२०८३ साउन ६ बुधवार ११:१५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...