back
skip this Samagra

जनरल इन्स्योरेन्सको नाफामा उछाल, यस्ता छन् सबै लोभलाग्दा सूचकहरु

२७ वैशाख,काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १०७.४८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यता, खुद बीमा शुल्क भने १६.१० प्रतिशतले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीले यस्तो रकम गत वर्षको सोही अवधिमा १९ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १००.९९ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष ११५.३९ प्रतिशतले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ रहेको छ गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको दावी भुक्तानी ८२.२० प्रतिशतले बढेर १९ करोड ९५ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९५ लाख १२ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ०२ पैसा रहेको छ ।


प्रभु बैंक र क्लियरिङ हाउस विच क्रस बोर्डर कारोबार सम्झौता

प्रभु बैंक र क्लियरिङ हाउस विच क्रस बोर्डर कारोबार सम्झौता

वि.सं.२०८० चैत २८ बुधवार १३:३१

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का...

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा किन्दै

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा किन्दै

वि.सं.२०८० चैत २८ बुधवार १२:२६

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद...

गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

वि.सं.२०८० चैत २८ बुधवार ०९:२४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको...

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

वि.सं.२०८० चैत २८ बुधवार ०९:०५

काठमाडौँ । सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल...

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

वि.सं.२०८० चैत २३ शुक्रवार ११:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब...

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

वि.सं.२०८० चैत २२ बिहीवार १२:५८

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक...