back

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश, बैंकका कर्मचारी आक्रोसित

काठमाडौं। सामाजिक सुरक्षा कोषविरुद्ध बैंक, वित्तीय संस्थाका कर्मचारीले हालेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने निर्णय गरेको छ।

सर्वोच्चले हाललाई अन्तरिम आदेश दिएको छैन। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले ३१ गते दुबै पक्षलाई छलफलका लागि बोलाएका छन् । त्यसपछि अन्तरिम आदेश दिने/नदिने भन्ने विषयमा निर्णय हुन्छ।

आज (मंगलबार)को मुद्दामा कर्मचारीका तर्फबाट बहस भएको थियो। जीफण्डका तर्फबाट पनि ५ जनाले बहस गरेका थिए। जीफण्टका बकिलहरुले सामाजिक सुरक्षा कोषमा जानै पर्ने दलिल दिएका थिए।

त्यसपछि केसीको इजलासले कोषसमेतसँग छलफल गर्ने गरी ३१ गतेलाई अर्को समय दिएका छन्।

३१ गते समय दिइएकाले अदालतमा यो बिचाराधिन भएको छ। बिचाराधिन मुद्दामा जबर्जस्ती आइज भनेर सामाजिक सुरक्षा कोषले भन्न नमिल्ने भन्दै बैंकका कर्मचारीहरु आक्रोसित भएका छन्।

कर्मचारीले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा काेषमा जबर्जस्ती लैजान खोजेको भन्दै गत आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

हाल २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। त्यसमध्ये ३ वटा सरकारी बैंकलाई अर्थमन्त्रीस्तरीय निर्णयबाट कोषमा जान नपर्ने व्यवस्था मिलाइएको छ। निजी क्षेत्रका स्ट्यान्डर्डड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन्।

यसबाहेक२२ वटा बैंकका कर्मचारी युनियनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। कर्मचारीहरुले एक सातादेखि कोषको विरुद्धमा आन्दोलनसमेत गरिरहेका छन्।

अहिले उनीहरुले सर्वोच्चमा ५ वटा आधार प्रस्तुत गरेर मुद्दा हालेका छन्। आइएलओ अभिसन्धिमा भएको व्यवस्था अनुसार, सामूहिक सौदाबाजी गर्न पाइन्छ। तर कोषमा आबद्ध हुनेले त्यो अधिकार पाउँदैनन्। राष्ट्र बैंकले नियमन गर्ने सरकारी र निजी क्षेत्रका बैंकबीच सरकारले विभेद गरेको पनि उनीहरुले आरोप लगाएका छन्।

२०७४ सालमा सामाजिक सुरक्षा कोष आएको र अर्को वर्ष निवृत्तिभरण कोष ल्याएर फेरि विभेद गरिएको उनीहरुले उल्लेख गरेका छन्। सामाजिक सुरक्षा कोष निजी क्षेत्रका कर्मचारीका लागि हो भने निवृत्तिभरण कोष सरकारी कर्मचारीका लागि हो।

सामाजिक सुरक्षाको व्यवस्था गरे पनि सुविधा सरकारी कर्मचारीहरुको निवृत्तिभरण कोषमा बढी दिइएको छ। यसलाई पनि बैंकका कर्मचारीहरुले विभेदका रूपमा लिँदै अदालतमा मुद्दा हालेका हुन्।

२०७८ असार २२ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...