back

जीवन विकास लघुवित्तको आईपिओ १,८४,८०६ जनाले पाए, यसरी हेनुस् रिजल्ट

काठमाडौँ । जीवन विकास लघुवित्तले आज सार्वजनीक निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज क्यापिटलकै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

उक्त सार्वजनीक निष्काशनमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । जसमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको हो ।

बाँकी रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको छ । गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।

भने, १९ लाख २ हजार ५ सय १६ जना आवेदक हात खाली भएको छ ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/, बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

नतिजा बेलुकासम्ममा प्रकाशित हुने छ ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
२०७८ असार २३ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

नेशनल लघुवित्तको नाफा शतप्रतिशत वृद्धि, आम्दानी पनि बढ्यो

वि.सं.२०८१ माघ २८ सोमवार १६:०२

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष...

लगातार घट्यो सेयर बजार

लगातार घट्यो सेयर बजार

वि.सं.२०८१ माघ २८ सोमवार १५:३२

काठमाडौं । आज सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...