back

जीवन विकास लघुवित्तको आईपिओ १,८४,८०६ जनाले पाए, यसरी हेनुस् रिजल्ट

काठमाडौँ । जीवन विकास लघुवित्तले आज सार्वजनीक निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज क्यापिटलकै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

उक्त सार्वजनीक निष्काशनमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । जसमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको हो ।

बाँकी रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको छ । गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।

भने, १९ लाख २ हजार ५ सय १६ जना आवेदक हात खाली भएको छ ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार जीवन विकास लघुवित्तको वेबसाइट http://jeevanbikasmf.com/, बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

नतिजा बेलुकासम्ममा प्रकाशित हुने छ ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...