गुट भेलामा जानेलाई कारबाही गर्ने
वि.सं.२०७७ चैत ५ बिहीवार
काठमाडौं – नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिएको छ ।
बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।
दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने र ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।
प्रकाशित समय : ०८:१३ बजे