back

एनसीसी बैंकले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले चैत १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ रहेको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।

सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। त्यसैले, सर्वसाधारण लगानीकर्ताहरुले कुल ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत १८ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २७ गतेसम्म लम्बिनेछ।

सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ। बैंकले वार्षिक ९.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। त्यसैगरी, इक्राले ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपी एल त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

यस्तो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...