back
himalayan life

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई तीव्र बनाउँदै प्रहरीले ‘फेसलेस ट्राफिकिङ’ प्रणाली विस्तार गरिरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत सीसीटिभी निगरानीका आधारमा भइरहेको छ ।

प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र विवादरहित बनाएको उनले बताए । कुराकानीमा एसएसपी काफ्लेले ट्राफिक प्रहरीले सडकमा प्रत्यक्ष खटिनुका साथै सिसिटिभीमार्फत ट्राफिक फ्लोको अध्ययन गरेर आवश्यक स्थानमा जनशक्ति परिचालन गरिरहेको जानकारी दिए।

उनले भने,‘पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सीसीटिभीको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। हाल काठमाडौं उपत्यकामा हुने करिब ४० देखि ५० प्रतिशत ट्राफिक कारबाही सीसीटिभी निगरानीका आधारमा भइरहेको छ । हाम्रो उद्देश्य ‘फेसलेस ट्राफिकिङ’ हो । सडकमा ट्राफिक प्रहरी र नागरिकबीच हुने अनावश्यक विवाद अन्त्य गर्दै प्रविधिमार्फत निगरानी र कारबाहीलाई प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ ।’

काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व संकलन गर्नु नभई सडक नियमको प्रभावकारी कार्यान्वयनमार्फत दुर्घटना न्यूनीकरण गर्नु रहेको बताएका छन्।

उनले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी दैनिक सडकमा खटिनुका साथै सीसीटिभी क्यामेराको प्रभावकारी प्रयोग गरेर ट्राफिक व्यवस्थापन गरिरहेको बताए।

‘अहिले काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनलाई व्यवस्थित गर्ने क्रममा ट्राफिक प्रहरी भौतिक रूपमा सडकमा खटिएको छ । त्यससँगै सीसीटिभी क्यामेराबाट ट्राफिक फ्लोको अध्ययन, निगरानी र विश्लेषण गरेर आवश्यक स्थानमा जनशक्ति परिचालन गर्ने काम पनि भइरहेको छ,’ उनले भने।

उनले ट्राफिक प्रहरीलाई राजस्व संकलन गर्ने निकायका रूपमा बुझ्ने धारणा गलत भएको स्पष्ट पारे ।

उनले भने,‘ट्राफिक प्रहरी भनेको नियामक निकाय हौँ । हाम्रो प्रमुख दायित्व राजस्व संकलन गर्नु होइन, सडक नियमको पालना गराउनु हो । यदि नागरिकले सडक नियम पालना गरिदिनुभयो भने जरिवाना गर्नुपर्ने अवस्था नै आउँदैन ।’

औसत दुई हजारभन्दा बढी चालक कारबाहीमा

एसएसपी काफ्लेका अनुसार कार्यदिनमा औसत दुई हजारभन्दा बढी सवारी चालक ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। कारबाहीको संख्या बढ्नुको अर्थ ट्राफिक प्रहरीले राजस्व बढाउन खोजेको नभई नियम उल्लंघन रोक्न खोजेको उनले बताए।

उनले भने,‘गल्तीको प्रकृतिअनुसार जरिवाना उठ्ने हो, हाम्रो उद्देश्य जरिवाना उठाउनु हुँदै होइन । नियम उल्लंघन गर्नेलाई सचेत गराउने र त्यही गल्ती दोहोरिन नदिन कानुन कार्यान्वयन गरिएको हो ।’

उनले जरिवाना संकलनबाट राज्य सञ्चालन गर्ने उद्देश्य ट्राफिक प्रहरी वा सरकारको नभएको उल्लेख गर्दै सडक सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै कारवाही गरिने बताए ।

दैनिक सात–आठ जनाको दुर्घटनामा मृत्यु

नेपालमा सडक दुर्घटनाको अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गर्दै एसएसपी काफ्लेले देशभर दैनिक औसत सातदेखि आठ जनाले ज्यान गुमाउने र करिब २० जना गम्भीर घाइते हुने तथ्यांक रहेको जानकारी दिए।

उनले भने,‘सडक दुर्घटनामा हुने मृत्यु र गम्भीर घाइतेको संख्या घटाउनु नै सरकार र ट्राफिक प्रहरीको मुख्य दायित्व हो। त्यसका लागि हामी आफ्नो व्यावसायिक क्षमता अभिवृद्धिसँगै प्रविधिको प्रयोग बढाइरहेका छौं।’

उनले सडक प्रयोग गर्दा कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन वा घाइते हुन नपरोस् भन्ने उद्देश्यले ट्राफिक प्रहरी अहोरात्र खटिरहेको बताए।

ट्राफिक प्रहरीले लुकेर कारबाही गर्ने भन्ने आलोचनालाई प्रविधिले अन्त्य गर्ने विश्वास व्यक्त गर्दै उनले सीसीटिभीबाट प्राप्त भिडियो प्रमाणकै आधारमा कारबाही गरिने बताए ।

‘उहाँहरूले गरेको गल्तीको भिडियो प्रमाण हामीसँग हुन्छ । त्यसले ट्राफिक प्रहरी र नागरिकबीच हुने विवाद पनि घटाउँछ र कारबाहीलाई थप पारदर्शी बनाउँछ,’ उनले भने।

यी कारणले बढिरहेका छन् दुर्घटना

काठमाडौं उपत्यकामा दुर्घटनाका प्रमुख कारण तीव्र गति, लेन अनुशासन उल्लंघन, निषेधित स्थानमा यू–टर्न गर्ने, ट्राफिक बत्तीको उल्लंघन तथा असावधानीपूर्ण सवारी सञ्चालन रहेको एसएसपी काफ्लेले बताए।

विशेषगरी चक्रपथ क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाको मुख्य कारण बनेको उनको भनाइ छ।

उनले भने,‘जहाँ पूर्वाधार कमजोर छ, त्यहाँ झन् बढी सडक अनुशासन आवश्यक हुन्छ। साँघुरा सडक, उचित यू–टर्न सुविधा नहुँदा चालकले अझ बढी सावधानी अपनाउनुपर्छ।’

सरकारबाट पूर्ण सहयोग

वर्तमान सरकारले सडक सुरक्षा सुधार र ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग गरिरहेको उनको भनाई छ ।

‘कुनै पनि देशको समृद्धिको सुरुवात ट्राफिक र रोड सेन्सबाट हुन्छ। अहिले सरकारले ट्राफिक प्रहरीलाई राम्रो साथ र सहयोग गरिरहेको छ। सरकारको पनि उद्देश्य सडक मृत्युदर घटाउनु नै हो,’ उनले भने।

१०३ मा फोन गरेर उजुरी दिन सकिने

ट्राफिक नियम उल्लंघन, सडक अवरोध वा ट्राफिक प्रहरीको व्यवहारबारे गुनासो भए सर्वसाधारणले टोल–फ्री नम्बर १०३ मा फोन गर्न सक्ने उनले जानकारी दिए।

त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेज तथा वेबसाइटमार्फत फोटो र भिडियोसहित उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको उनले बताए।

उनले भने,‘यदि कुनै ट्राफिक प्रहरीले पनि अनुचित व्यवहार गरेको छ भने त्यसको पनि उजुरी दिन सकिन्छ । हामी सबै गुनासोलाई गम्भीरतापूर्वक लिन्छौँ,’ उनले भने।

नियम पालना गर्न आग्रह

एसएसपी काफ्लेले सबै सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै जेब्रा क्रसिङ वा ओभरहेड ब्रिज प्रयोग गर्न, लेन अनुशासन कायम गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा अनावश्यक हर्न प्रयोग नगर्न आग्रह गरे।

‘सडक प्रयोग गर्ने सबै नागरिकले ट्राफिक नियम पालना गरिदिनुभयो भने दुर्घटना पनि घट्छ, जरिवाना पनि स्वतः कम हुन्छ। हाम्रो चाहना नागरिकलाई कारबाही गर्नु होइन, सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउनु हो,’ उनले भने।

उनले सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएकाले सबैले जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्नेमा जोड दिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार २३ मंगलवार १३:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

वि.सं.२०८३ असार २३ मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा...

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

वि.सं.२०८३ असार २२ सोमवार १६:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र...

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

वि.सं.२०८३ असार २२ सोमवार १५:३०

काठमाडौँ । विकासको नाममा विना योजना, विना मुआब्जा र विना...

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

वि.सं.२०८३ असार २२ सोमवार १०:३९

काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला...

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास 

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास 

वि.सं.२०८३ असार २२ सोमवार १०:२८

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा...