back

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सकरात्मकरुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठक आयोजना गरिएको बताएका छन् ।

बुधबार सतापक्षीय राजनीतिक दलको बैठकपछि उनले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि बैठकको आयोजना गरिएको भन्दै बैठकमा मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु आएको बताए ।

उनले भने, ‘आजको बैठक राष्ट्रपतिको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष २०८२, ८३ को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो । सत्ता सहयात्री दलहरुले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नु पर्ने मुख्य मुख्य विषयहरुको बारेमा महत्वपूर्ण सुझावहरु दिनु भएको छ ।’

यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्ने सुझाव आएको पनि बताए ।

उनले भने, ‘युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उनीहरुमा उद्यमशिलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरु आउनु पर्छ भन्ने सुझाव पनि आएको छ । अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने अनावश्यक र फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्य क्षमतालाई बढाउने कुराहरु पनि आएको छ ।’

उनले शिक्षकहरुसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको भन्दै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमती भएर भोलीदेखि सहज तरिकाले पठनपाठन हुने वातावरण निर्माण हुने बताए । विगतको भन्दा राम्रो र परिवर्तन गर्न सक्ने खालको नीति तथा कार्यक्रम आउने र बजेटलाई त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने सुझाव आएको उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०८३ साउन २१ बिहीवार १९:२०

काठमाडौं । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी...

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

वि.सं.२०८३ साउन २१ बिहीवार १३:४४

काठमाडौं । प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने...

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०५

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य...

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

मन्त्रिपरिषद बैठकः यस्ता छन् ७ निर्णय

वि.सं.२०८३ साउन २० बुधवार १७:१२

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

फिक्कल दुर्घटना: बेपत्ताको तत्काल खोजी र छानबिन गर्न यातायात व्यवसायीको आग्रह

वि.सं.२०८३ साउन २० बुधवार १४:०४

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा निजी...

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

वि.सं.२०८३ साउन १९ मंगलवार ११:०९

काठमाडौँ । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा...