back

दक्षिण कोरियामा भीषण आगलागि, २८ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागि)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

लगभग ४८,००० हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार दक्षिणपूर्वी क्षेत्रहरूमा लागेको ठूलो आगलागीमा परी थप पाँच जना घाइते भएका छन् । गत शुक्रबारदेखि, मध्यम र ठूला आकारका डढेलोहरू १० क्षेत्रहरूमा फैलिएका छन्, जसमध्ये धेरैजसो ग्योङसाङ प्रान्तमा छन् । आगलागी इतिहासकै भीषण रहेको जनाइएको छ ।

आगलागीबाट अहिलेसम्म दक्षिण कोरियाका राष्ट्रिय सम्पदा स्थलहरू क्षतिग्रस्त भएका छन् ।३,४८१ घर, कारखाना र अन्य सुविधाहरू पनि क्षतिग्रस्त भएका छन्। स्थानीय समय अनुसार शुक्रबार बिहान ५ बजेसम्म, बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म केही प्रभावित क्षेत्रहरूमा हल्का वर्षा भए पनि छ वटा डढेलो अझै बलिरहेको छ ।

अप्रिलको अन्त्यसम्म सुख्खा र तेज हावाको अवस्था कायम रहने अनुमान गरिएको छ । जसले गर्दा ठूलो मात्रामा डढेलो दोहोरिने सम्भावना रहेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले चेतावनी दिएको छ। स्थानीय अधिकारीहरूका अनुसार डढेलोका कारण ३३,००० बासिन्दाहरू विस्थापित भएका छन् भने ८,००० भन्दा बढी मानिसहरू अझै पनि घर फर्कन सकेका छैनन्।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले शुक्रबार आपतकालीन निर्देशन जारी गर्दै केन्द्रीय विपद् तथा सुरक्षा प्रतिरोध मुख्यालयका मन्त्रीलाई आगो पूर्ण रूपमा नियन्त्रण नभएसम्म प्रभावित बासिन्दाहरूको लागि निर्बाध रुपमा राहत प्रयासहरू सुनिश्चित गर्न उत्तरी ग्योङसाङमै रहन निर्देशन दिएका छन । (एजेन्सी)

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...