नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

वि.सं.२०८१ चैत १५ शुक्रवार

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा स्थायी कर्मचारीको माग गरेको छ। बैंकले शुक्रबार (चैत १५ गते) विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले कनिष्ठ सहायक (तेस्रो) तहदेखि आठौं तहसम्मका पदहरूका लागि आवेदन खुला गरेको छ। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
नेपाल बैंकका अनुसार दरखास्त आवेदन चैत १५ गतेदेखि वैशाख ४ गतेसम्म दिन सकिन्छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेहरूका लागि वैशाख ११ गतेसम्म समयावधि तोकिएको छ। नेपाल बैंकले आवश्यक पदसंख्या र विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट तथा सूचना जारी गरेर सार्वजनिक गरेको छ। इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ।

प्रकाशित समय : १२:३७ बजे