back

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन गरेको भाषा कक्षा बन्द भएको छ ।  बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशाला चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

पर्यटक भिसामा आएका चिनियाँ नागरिकले यहाका बालबालिकालाई समुहगत रूपमा भाषा सिकाउदै आएका थिए । उनीहरुले भाषा कक्षा सञ्चालन गर्दा मोबाईलबाट भिडियो समेत बनाउने गरेको पाइएको थियो । चिनियाँ नागरिकले गरेको गतिविधि र कार्य शंकास्पद लागेपछि अभिभावकले प्रहरीमा समेत खबर गरेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गर्न नपाउने बताए ।

यस विषयमा सोधपुछका लागि चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अहिले चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको स्थनमा बन्द गराइएको उनले बताए ।
चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक रु ५० देखि सय सम्म दिने गरेको पाइएको थियो । बालबालिकालाई आफ्नो कक्षामा आकर्षण गर्न विभिन्न उपहार समेत दिने गरेको पाइएको स्थानीय जयराम चौधरीले बताए । उनका अनुसार केही अभिभावकलाई समेत उनीहरुले उपहार सामग्री दिएका छन ।

तर चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा आपत्ति जनाएका छन । पर्यटक भिसामा आएका उनीहरुलाई पढाउने अनुमति नभएको उनको भनाइ छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको जनाएको छ ।


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...