back
skip this gaugauma singhadarbar

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् । शुक्रबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलमा उनले भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा जुन प्रक्रियामार्फत गर्छन त्यसमा शंका लागेका पुनःमूल्य निर्धारण गर्ने व्यवस्था राखिएको उल्लेख गरे ।

उनले भने,‘दफा ४२ मा प्रक्रिया अनुसार नगरेको अथवा निर्धारित मूल्यमा शंकास्पद लाग्यो भने महानिर्देशकले त्यसलाई समिक्षा गर्नको लागि पुनः मूल्य निर्धारण गर्न आदेश दिनसक्ने भनेर दफाहरु राखिएको छ । जसले गर्दा कतै गल्ती भयो भने अर्कोतिर सच्चाउन सकिन्छ भन्ने हिसाबले पनि राखिएको हो ।’ महानिर्देशकले आदेश दिएमा भन्सार अधिकृतले पनि त्यो आदेश ३० दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरेर महानिर्देशकलाई जानकारी दिनेगरी कर्तव्य पूरा गर्नुपर्ने उनले बताए ।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले महानिर्देशकले कस्तो अवस्थामा पुनःचेकजाँच गर्छ भन्ने कुरा सबैले बुझनुपर्ने बताए । ‘कुनै बस्तुको जाँचपास भएर गोदाममा गयो तर शंका लागेर पुनःजाँच गर्नुपर्छ भनेर महानिर्देशकले भन्नसक्छ ।तर लामो समयसम्म सामान गोदाममै राख भनेको होइन् । गोदाममा गएर विक्री भइसकेको वस्तुको पनि मूल्य निर्धारण गर्न सक्छौ भनेको हो । त्यो पनि ९० दिनभित्र मात्र हो । महानिर्देशकले पत्र लेखेपछि भन्सार अधिकृतले पनि ३० दिन भित्रमा निर्णय गरिसक्नुपर्छ भन्ने हो,’ उनले भने । चार बर्षसम्म सामान नराखेको जानकारी दिंदै जाँचपास र धरौटी बुझाएर लैजान सकिने पनि उनले बताए ।

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...