back

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

nactional life

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार मूल्य निर्धारणमा महानिर्देशकको जिम्मेवारी बढी हुने बताएका छन् । शुक्रबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलमा उनले भन्सार अधिकृतले भन्सार मूल्य निर्धारण गर्दा जुन प्रक्रियामार्फत गर्छन त्यसमा शंका लागेका पुनःमूल्य निर्धारण गर्ने व्यवस्था राखिएको उल्लेख गरे ।

उनले भने,‘दफा ४२ मा प्रक्रिया अनुसार नगरेको अथवा निर्धारित मूल्यमा शंकास्पद लाग्यो भने महानिर्देशकले त्यसलाई समिक्षा गर्नको लागि पुनः मूल्य निर्धारण गर्न आदेश दिनसक्ने भनेर दफाहरु राखिएको छ । जसले गर्दा कतै गल्ती भयो भने अर्कोतिर सच्चाउन सकिन्छ भन्ने हिसाबले पनि राखिएको हो ।’ महानिर्देशकले आदेश दिएमा भन्सार अधिकृतले पनि त्यो आदेश ३० दिनभित्र पुनः भन्सार मूल्य निर्धारण गरेर महानिर्देशकलाई जानकारी दिनेगरी कर्तव्य पूरा गर्नुपर्ने उनले बताए ।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले महानिर्देशकले कस्तो अवस्थामा पुनःचेकजाँच गर्छ भन्ने कुरा सबैले बुझनुपर्ने बताए । ‘कुनै बस्तुको जाँचपास भएर गोदाममा गयो तर शंका लागेर पुनःजाँच गर्नुपर्छ भनेर महानिर्देशकले भन्नसक्छ ।तर लामो समयसम्म सामान गोदाममै राख भनेको होइन् । गोदाममा गएर विक्री भइसकेको वस्तुको पनि मूल्य निर्धारण गर्न सक्छौ भनेको हो । त्यो पनि ९० दिनभित्र मात्र हो । महानिर्देशकले पत्र लेखेपछि भन्सार अधिकृतले पनि ३० दिन भित्रमा निर्णय गरिसक्नुपर्छ भन्ने हो,’ उनले भने । चार बर्षसम्म सामान नराखेको जानकारी दिंदै जाँचपास र धरौटी बुझाएर लैजान सकिने पनि उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...