back

चैत १५ गते समाजवादी मोर्चाले जनसभा गर्ने : परिस्थिति गम्भीर बनेको निष्कर्ष

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए ।

उनले भने, ‘१५ गतेको यो एकदमै वृहत् प्रदर्शनको कुरा छ त्यसलार्ई भव्य बनाउने । हजारौँ जनताको सहभागितालाई सुनिश्चित गर्ने र अहिले जसरी प्रतिगामी कदम र हर्कतहरु जो बढिरहेका छन् त्यसलाई क्रस गर्ने गरीकन अर्थात त्यसलाई असफल गर्ने गरीकन १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ भन्ने निर्णय गरिएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए ।

उनले भने, ‘भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया, उहाँहरुसागको परामर्श गर्ने कार्यक्रम राखिएको छ । दुई ढाई घण्टा त्यो अन्तरक्रिया चल्छ । साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गरिने छ । कुपण्डोलको हिमालयन होटेलमा दुवै कार्यक्रमहरु हुने छन् ।’

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...