back

सिड्नीबाट शेष घलेले भने : एकता महाधिवेशनमा एक अपूर्व अवसर हो

nactional life

सिड्नी । गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन्।
कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्वअध्यक्ष समेत रहेका घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए।

‘गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्णपाठ पनि प्राप्त भयो। अदालतको फैसलाको ६ महिनापछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो। उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो। त्यस संगसंगै ६ महिना भित्र अन्तरर्राष्ट्रिय साधारण सभा आयोजना गर्नुपर्ने समयावधि पनि शुरु भयो,’घलेले भने।

नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठकहरु बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।
‘तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न दुइ, दुइ पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ। हामीले निकै असहज परिस्थितिमा पनि महाधिवेशनको तयारी गरिरहेका छौं। म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ,’ उनले भने।

उच्चस्तरीय समितिका संयोजक डा।घलेले आफुहरुको जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए । ‘यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढांचा बनाउने अवसर पनि हो। यो महाधिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन्। नयाँ विधान बनाउन पाउँछन्। यस्तो अवसर फेरी आउंदैन। त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध गर्दछु,’घलेले भने। उनले तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरे।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...