back

नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना छ : बुफोन

म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै मेहनत र लगानी गर्नुपर्छ

काठमाडौं – विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले नेपाले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहाना रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपालले पनि विश्वकप खेलेको हेर्न चाहेको भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए ।
उनले भने,‘ म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ । ’

यस्तै उनले नेपालको झण्डा देख्दा अनौठो र अलग लागेको भन्दै यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको बताए । नेपाल आएर आफ्नो सपना साकार भएको बताए ।

उनले भने,‘म युवा हुँदा नक्सा हेरेको थिए । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ। यसले नेपालको संस्कृति र भव्य हिमालहरुलाई प्रतिनिधित्व गरेको छ । मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । मलाई नेपाल पछि फेरी आएर यहाँको संस्कृति र मन्दिरहरु हेर्न मन छ । समय मिलाए फेरी आउने छु ।’

त्यस्तै उनले केपी ओली कप कस्ले जित्छ भनेर आफू निकै उत्साहित रहेको पनि बताए ।
केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...