back

मेरो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्ने

आगामी तीन महिनादेखि अनिवार्य रुपमा बचतको रकम दिने सहमति

रौतहट- रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ ।

सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो ।

चन्द्रपुर नगरपालिकाका कार्यकारी प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको उपस्थितिमा छलफल गरि २५ प्रतिशतका दरले अनिवार्य बचत फिर्ता दिने सहमति भएको छलफलमा सहभागी संकल्प वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेलले बताए ।
उनका अनुसार आगामी तीन महिनादेखि अनिवार्य रुपमा बचतको रकम दिने सहमतिको निणयमा उल्लेख छ ।

चन्द्रपुर नगर पालिका वडा न ४ मा मेरो साकोसले सहमति यो सहमति जनाएसंगै कार्यालय पनि सुचारु गर्ने भएको छ । सोमबारदेखि नै कार्यालय सुचारु गर्ने, बचतकर्ताका प्रतिनिधिको समन्वयमा असुली भएको ऋणको रकम फिर्ता दिँदै जाने,लेखा परिक्षण तथा साधारणसभा तोकिएको मितिमा सम्पन्न गर्ने जस्ता सहमति गरिएको चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले बताए ।

यो सम्झौता पुर्ण कार्यन्वयन हुनेमा बिश्वस्थ रहेको उनको भनाइ छ । छलफलमा रौतहट बचत संघका अध्यक्ष सचिव वसन्त आचार्य,मेरो साकोसका बालकृष्ण श्रेष्ठ ,सुमन गौतम ,राजन बोगटी, िनर्मल साकोसका प्रकाश तिमल्सिना गरि करिब ३० जना बचतकर्ताहरुको सहभागिता रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

आर्थिक वर्षको अन्तिम दिनमै ३३ अर्ब १६ करोड खर्च; ३ जना अर्थमन्त्री फेरिँदा पनि बजेट खर्च ७९ प्रतिशतमा सीमित

वि.सं.२०८३ असार २६ शुक्रवार १४:३०

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा वर्षौँदेखि रोगका रूपमा रहेको...