back
nactional

सरकारले संसदमा दुई तिहाइको धाक देखायो : पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । उनले सरकार पक्षले जति मन लाग्यो त्यतीबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप लगाए ।

उनले भने, ‘सरकार पक्षको यो पेलाई कस्तो हो । सदन सञ्चालन प्रक्रियाको संसदीय नियमावली छ । सोही नियम अनुसार आकस्मिक सुन्ने र विशेष समय उपलब्ध गराउने जिम्मेवारी सभामुखज्यूको नै हो । तर सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ । र यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो ? विपक्षीहरुलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो ।’

यसको साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२२

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...