back
nactional

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।

नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ( पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।

उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न हुनुहुन्थ्यो । ‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भन्नुभयो, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ ।’

बालकका आफन्तले साउन ३१ गते आइतबार नर्भिकमा उपचारका लागि ल्याएका थिए । चिकित्सकको टोलीले सोही दिन करिब एक घण्टा १५ मिनेट लगाएर बालकको पेटमा अड्किएको पिन निकाल्न सफल भएको बताएका छन् । पिन निकालेपछि बालकलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको थियो ।

बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले पनि पिन खाएको थाहा पाएकी थिइन् ।

बालकले हेयरपिन खाएको पाँचदिन सम्म पिन आफै दिसामार्फत निस्किन्छ भनेर उनीहरुले चिकित्सकसँग परामर्श मात्रै लिएका थिए । तर पाँचदिन सम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानिय अस्पताल पुगेका थिए ।

स्थानिय अस्पतालले काठमाडौं रेफर गरेपछि उनीहरु रौतहटबाट प्लेनमार्फत काठमाडौंको एक अस्पतालमा आइपुगे । र जाँच गर्दा बच्चाको पेटको पिन अड्किएर बसेको देखिएको थियो । उक्त अस्पतालले उपचारका लागि भारत जानुपर्ने र नेपालमा उपचार नहुने भनेपछि उनीहरुले प्लेन टिकट समेत काटिसकेका थिए । तर आफन्तमार्फत नर्भिकमा उपचार हुने थाहा पाएपछि उनीहरु नर्भिक आए र डाक्टर अग्रवालसँग सम्पर्क गरेका थिए ।

‘हामीकहाँ उपचारका लागि आउँदा बालकका आमाबुबा निकै आत्तिनुभएको थियो । अर्को अस्पतालबाट उपचारका लागि भारत जान सिफारिस भएको रहेछ ।’ डा अग्रवालले भन्नुभयो, ‘यस्तो केसमा तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ, त्यसैले भारत जान भनिएको होला, तर नर्भिकमा उच्चप्रविधि र चिकित्सकको ठूलो टोली छ, हामीले नर्भिकमै बालकको उपचार सफलतापूर्वक ग¥यौं।’

भारत लैजान प्लेन टिकट समेत काटिसकेका उनीहरु नर्भिकमै उपचार सफल भएपछि खुसी हुनुभयो । ‘भारत लैजान प्लेन टिकट नै काटिसकेका थियौ, नर्भिकमै उपचार हुँदा धेरै खुसी लागेको छ, बालकका ठूलोबुबाले भन्नुभयो, ‘बाबु अहिले ठिक छ, हामी प्लेन टिकट फिर्ता गरेर घर फर्कियौं।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

अवैध बाटोबाट विदेश गएकाको उद्धारमा जटिल, १२ लाखको सीमा राखेर कार्यविधि बन्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १८:२५

काठमाडौं । अवैध बाटोबाट विदेश गएर अलपत्र परेका वा ज्यान...

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...