back

संसद बैठक नियम अनुसार चल्नुपर्ने माग

nactional life

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादी केन्द्रका प्रमुख सचेतकले उठाएको कुरामा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा समयको माग गर्दै उनले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले उठाएको कुराले अन्यौलता सिर्जना भएको भन्दै बैठक संसदको नियम अनुसार चल्न माग गरेका छन् ।

उनले भने, ‘भर्खरै प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकले जे विषय यहाँ राख्नु भयो यसले केही ध्यानाकर्षण गरायो । बैठक संसदको नियम अनुसार चल्छ, तलबाट के लाग्यो त्यसको आधारमा बैठक चल्दैँन् । साथीहरुले ख्याल पु¥याउनु पर्यो । उहाँले राख्नु भएको कुरा कार्यसूचीमा के रहने के नरहने भन्ने सन्दर्भ र कार्य व्यवस्थाको कुरा पनि राख्नुभयो । कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर बनाएको छ र त्यो सबैको हात हातमा छ ।

सम्भावित कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको छ । त्यसकारण अहिले भर्खर जे कुरा आयो त्यसले अन्यौलता सिर्जना भयो । बैठक संसदको नियम अनुसार चल्न माग गर्न चाहन्छु ।’यस्तै, उनले संसदको नियमावलीको नियम १२ ले सभामुखको निर्देशन अनुसार कार्यसूची तलमाथि हुनसक्ने व्यवस्था गरेको भन्दै सोही अनुसार काम भएको बताए ।

त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए । उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...