back

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन् । सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस् भन्नका लागि सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिक्ली पनि भनिसकेँ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतिय हिसाबले जानुपर्छ । हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैंले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ?

एमालेलाई वा ओलीजीलाई केही पनि नभन्ने भन्नुहुन्छ । तर त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।’ साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए । उनले यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ । एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने कमजोर हुन्छौं ।


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...