back

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

nactional life

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन् । सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस् भन्नका लागि सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिक्ली पनि भनिसकेँ । सरकारमा नेपाली कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतिय हिसाबले जानुपर्छ । हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैंले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ?

एमालेलाई वा ओलीजीलाई केही पनि नभन्ने भन्नुहुन्छ । तर त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।’ साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए । उनले यस्तै भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ । एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने कमजोर हुन्छौं ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...