back

प्रधानमन्त्री ओलीले भने – १०० दिन सकियो, अब बाँकी अवधिको कामको योजना आजैबाट सुरू हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी अवधिको कामक योजना आजैबाट सुरू गरिने बताएका छन्।

नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमित भएको छ। जसअनुसार पहिलो चरणमा अध्य ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। गत असार ३० गते ओली प्रधानमन्त्री बनेका हुन्।

आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धिहरूलाई सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले वितेका १०० दिनमा विपत्तिका बीचमा पनि नवीन कामको थालनी,सुशासन र विकासको लक्ष्यतर्फ सरकार अघि बढेको दावी गरे।

प्रधानमन्त्री ओलीले सीमित स्रोतसाधन,विरासतमा प्राप्त भएको बिग्रदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बावजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यन्वयनलाई शीघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको बताए।

उनले यस अवधिमा १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निश्कर्षमा पुर्‍याउन सफल भएको बताए। त्यस सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि आयोग गठनका लागि सिफारिस समिति बनेको बताए।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताए। ‘हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं । विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित छौं, वार्ताको माध्यमबाट ती सबै तनावहरुको शान्तिपूर्ण समाधान चाहन्छौं ,’उनले भने,’ सबैले संयमतापूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौं ।’


भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१४

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत...

सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:५१

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।...

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:४८

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको...