फेरि घट्यो सेयर बजार : ६ अर्ब बढीको कारोबार
वि.सं.२०८१ कात्तिक ७ बुधवार
काठमाडौं । सेयर बजार फेरि घट्न थालेको छ । नेप्से परिसूचक २०.४१ अंकले घटेको हो । आज बजार परिसूचक २६४५.३९ बिन्दुमा झरेको छ ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ सेयर किनबेच भएको छ । मंगलबार ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस दिन कारोबार अवधिभर ३२४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर खरिदबिक्री भएको छ । आज फाइनान्स र व्यापार समूह बाहेक अन्य सबै सूचक राताम्य बनेको छ ।
यस दिन आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबारसँगै सेयर मूल्यमा पनि सर्किट लागेको छ। त्यसैगरी, समृद्धि फाइनान्स, मञ्जु श्री फाइनान्स, साहस उर्जा, हिमालयन डिष्टिलरी, सेन्ट्रल फाइनान्स, रावा इनर्जी लगायत कम्पनीको सेयर मूल्य बढेको छ।सेयर बजार घटेसँगै १५५ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । महुली लघुवित्त, हिमालयन बैंक, सिटिजन्स बैंक, ग्रीन भेन्चर्स लिमिटेड, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतको सेयरमूल्य घटेको छ ।
प्रकाशित समय : १५:५६ बजे






















