आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेकाे बसमा परी १४ जनाकाे मृत्यु
वि.सं.२०८१ भदौ ७ शुक्रवार
तनहुँ ।मर्स्याङ्दी नदीमा खसेकाे बसमा परी १४ जनाकाे मृत्यु भएकाे छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट नदीमा खसेकाे भारतीय पर्यटक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको हाे ।
बसमा सवार ४० जनामध्ये १५ जना घाइतेको उद्धार गरिएको छ । यसैगरी, ११ जना बेपत्ता रहेका छन् । आज बिहान करिब पाैने १२ बजे पोखरादेखि काठमाडौं आइरहेकाे बस दुर्घटना भएकाे थियाे ।
हालसम्म उद्धारमा खटिएका प्रहरीले १४ जनाको शव निकालेका छन्भ ने १५ जना घाइतेहरूको उद्धार गरेका छन् ।
प्रकाशित समय : १२:५९ बजे






















