back

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमितिमा को-को ?

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४-२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्यूनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित भएका हुन् ।

यसअघि अर्थात् सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल रहेका थिए । सोही अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरुलाई नीतिगत सुझाव दिने बताए ।

नयाँ पदाधिकारीलाई बधाई दिँदै देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । नयाँ टिमले सोही अनुसार नै काम गर्न सुझाव दिए ।

मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।

यता, नवनिर्वाचित अध्यक्ष अग्रवालले स्टार्ट–अप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको बताए । उनले देशमै केही गर्ने चाहना भएका युवाहरुलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आवद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।

 


हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

वि.सं.२०८१ भदौ ३० आइतवार ११:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु...

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

वि.सं.२०८१ भदौ १९ बुधवार १७:१२

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व...

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:५३

काठमाडौं । पर्यटन विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद रेग्मीले नियुक्त भएका...

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

आइएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

वि.सं.२०८१ भदौ ५ बुधवार १७:०९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी...

सरुवा भएर अर्थ मन्त्रालयमा आएकासहित १५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर

सरुवा भएर अर्थ मन्त्रालयमा आएकासहित १५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८१ भदौ २ आइतवार १२:५०

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई अर्थ मन्त्रालय आएका सहसचिवहरूको...

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

वि.सं.२०८१ साउन ३१ बिहीवार २१:१९

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत...