४० जना यात्रु बाेकेर पोखरादेखि काठमाडौं आइरहेकाे बस मर्स्याङ्दी नदीमा खस्याे
वि.सं.२०८१ भदौ ७ शुक्रवार
तनहुँ । मर्स्याङ्दीमा नदीमा एक भारतीय बस खसेको छ । केहि समय अघि मात्र तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट भारतीय बस नदीमा खसेकाे हाे ।
साे बस पोखरादेखि काठमाडौं आइरहेकाे थियाे । बसमा ४० जना यात्रु रहेको प्रहरीकाे भनाइ छ ।
यतिबेला प्रहरी तथा स्थानीयकाे सहयाेगमा घाइतेहरूकाे उद्धार भइरहेकाे छ ।
प्रकाशित समय : १२:५४ बजे






















