एक वर्षमा साढे ७ खर्ब निक्षेप संकलन, कर्जा पौने ३ खर्ब
वि.सं.२०८१ भदौ ४ मंगलवार
काठमाडौँ । निरन्तर बढेको रेमिट्यान्सका कारण गत वर्षका सबै महिनामा निक्षेप उल्लेख्य रुपमा बढेको हो ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाले अपेक्षित रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् । जसअनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ ।
अघिल्लो वर्षको तुलनामा यो ५.८ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकले ११.५ प्रतिशतले कर्जा प्रवाह विस्तार गर्ने लक्ष्य तय गरेको थियो । अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ७५ अर्ब ९४ करोड प्रवाह भएको थियो ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ ।
प्रकाशित समय : १८:२५ बजे





















