back

प्राधिकरणले महसुल नबुझाउने ११ सय बढी ग्राहकको लाइन काट्यो

झापा । नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने १ हजार १ सय ७० ग्राहकको लाइन काटेको छ।

केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये १ हजार १ सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ।‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना ६ करोड ७० लाख २८ हजार चार सय १२ रूपैयाँ थियो। १ हजार १ सय ३६ ग्राहकबाट ३ करोड ९० लाख ९७ हजार पाँच सय ६७ रूपैयाँ असुली भएको छु,’ प्रमुख साहले भने।

उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले २ करोड ७९ लाख ३० हजार आठ सय ४५ रूपैयाँ असुली गर्न बाँकी छ ।अनारमनी वितरण केन्द्रका २ सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट १ करोड ३२ लाख ३१ हजार ६३ रूपैयाँ बक्यौता असुली गर्न बाँकी छ।

१ अर्ब ३१ करोड राजस्व असुली

प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आवमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर १ अर्ब ३१ करोड ८४ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन् । यहाँ ९३ हजार ४ सय १८ ग्राहक सङ्ख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए।

ग्राहस्थ तथा गैरग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए ।

‘उपभोक्तालाई हामीले प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने हो,’ प्रमुख साहले भने, ‘खपत भएको विद्युत युनिट बराबरको बिलमा तोकिएको रकम सबैले आफ्नो कर्तव्य ठानेर तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाइ भएमा लाइन काट्नु हाम्रो बाध्यता हो।’

पालिकाले तिरेनन् सडक बत्तीको महसुल

अनारमनी वितरण केन्द्रअन्तर्गत छ नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन् । अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे ।

साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका-११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका-७ र १०, इलामको माई नगरपालिका-५, झापा गाउँपालिका-१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका-१, बुद्धशान्ति गाउँपालिका-५, रोङ गाउँपालिका-२ रहेका छन् । उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए ।

सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको २९ लाख ७४ हजार ९ सय ५७ रुपैयाँ, मेचीनगर नगरपालिकाको १० लाख ८८ हजार ६ सय २१ र कनकाई नगरपालिकाको १० लाख ६३ हजार ७ सय ३९ रुपैयाँ बक्यौता रकम रहेको साहले जानकारी दिए ।सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए ।

 

nactional life
Corporatebazar 11 Anniversary

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

वि.सं.२०८३ वैशाख १३ आइतवार १९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको 'लाइफलाइन' मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी वैशाख...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...