back

प्राइम कमर्सियल बैंकको भरतपुर शाखामा आगलागी, ४० लाख बराबरको क्षति

भरतपुर । भरतपुर महानगरपालिका–१० चौबीस कोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । बैंकमा आगालागि हुँदा करिब ४० लाख हाराहारीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । प्रहरीका अनुसार सोमबार साँझ एक्कासि आगलागी भएको थियो ।

आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक

वि.सं.२०८२ चैत ३० सोमवार १७:२०

नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो समय बढाइएको कडाइको प्रत्यक्ष असर सीमावर्ती...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

नेपालको घरजग्गा कारोबारमा सुधारका संकेत: आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उच्च वृद्धि

वि.सं.२०८२ चैत ३० सोमवार १५:३२

काठमाडौं । पछिल्लो समय सुस्त देखिएको नेपालको घरजग्गा बजारमा विस्तारै...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...