back
skip this gaugauma singhadarbar

प्राइम कमर्सियल बैंकको भरतपुर शाखामा आगलागी, ४० लाख बराबरको क्षति

भरतपुर । भरतपुर महानगरपालिका–१० चौबीस कोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । बैंकमा आगालागि हुँदा करिब ४० लाख हाराहारीमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । प्रहरीका अनुसार सोमबार साँझ एक्कासि आगलागी भएको थियो ।

आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...