back

महामारीको मौका छोपर निर्माण सामग्रीको भाउ बढाइयो

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ ।

उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् ।

उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् । राजधानी दैनिक बाट

२०७८ वैशाख २८ गते प्रकाशित ।

 


सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १० बिहीवार १८:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर...

‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भयो : उपाध्यक्ष अधिकारी

‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भयो : उपाध्यक्ष अधिकारी

वि.सं.२०८१ माघ १० बिहीवार १८:०४

काठमाडौं । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय...

राज्यले उद्योगको संरक्षण गर्नुपर्छ तर सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह

राज्यले उद्योगको संरक्षण गर्नुपर्छ तर सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह

वि.सं.२०८१ माघ ९ बुधवार १४:५६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले...

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, धेरै घाटा भारतसँग

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, धेरै घाटा भारतसँग

वि.सं.२०८१ माघ ९ बुधवार १३:४९

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा...

राज्यबाटै कालोबजारी भइरहेको छ,निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ : रवि सिंह

राज्यबाटै कालोबजारी भइरहेको छ,निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ : रवि सिंह

वि.सं.२०८१ माघ ९ बुधवार ११:०८

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ यतिबेला आन्दोलनमा छ ।...