back
himalayan life

होसियारः विषादी प्रयोग गरिएका आँप बजारमा छ्यापछ्याप्ती, कस्तो आँपमा विसादी हुन्छ ? कसरी थाहा पाउने ?

विराटनगर । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा विक्री वितरण भइरहेका छन् ।

सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा विक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ ।

यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।

विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् ।

काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी विक्री वितरण गर्न नपाइने बताउँछन् ।

बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उनको भनाइ छ । ‘यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप विक्री गर्नेगरेको जानकारीमा आएको छ’, कार्कीले भनिन् । उनले काँचो आँपमा विषादी हालेर विक्री वितरण नगर्न सबैमा आग्रह गरिन् ।

सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा विक्रीका लागि ल्याउने गरेको पाइएको बताए । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपुर्‍याउने उहाँ बताउनुहुन्छ ।

विराटनगर–२ स्थित मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोग गर्ने गरेका बताउँछन् । यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उनको भनाइ छ ।

कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताए । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका उनको भनाइ छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड

वि.सं.२०८३ असार ४ बिहीवार १७:१६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का...