सिगंटी हाईड्रो इनर्जीले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने
वि.सं.२०८० जेठ १७ बुधवार
काठमाडौं । सिगंटी हाईड्रो इनर्जी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जेठ १७ गते बसेको सञ्चालक समितीको बैठकले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ ।
नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद शेयर निष्कासन गरिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू.१ अर्ब ४५ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ ।
प्रकाशित समय : ११:३२ बजे






















