back
skip this Samagra

यस कारण सुदूरपश्चिमका सात जिल्लामा टेलिफोन र इन्टरनेट बन्द

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्।अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ।

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ।

मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

‘इन्टरनेट नहुँदा सेवा दिन सकिएको छैन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायत काम प्रभावित भएको छ,’ उनले भने।

सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको टमटाले बताए। ‘अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ। छिट्टै समस्या समाधान हुन्छ,’ उनले भने।

 


सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

वि.सं.२०८० चैत १५ बिहीवार ११:१०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० चैत ६ मंगलवार १३:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस...

सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति

सरकार र मिटरब्याजीपीडितबीच चारबुँदे सहमति

वि.सं.२०८० फागुन २९ मंगलवार ११:१५

काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच...

संसदमा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ? , के-के छ थप सुविधा ?

संसदमा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ? , के-के छ थप सुविधा ?

वि.सं.२०८० फागुन २२ मंगलवार ११:१८

काठमाडौँ ।  सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष, के के छ तयारी ?

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष, के के छ तयारी ?

वि.सं.२०८० फागुन २० आइतवार १६:५८

काठमाडौँ।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५...