back

उदयपुरको त्रियुगामा अझै सुरू भएन मतगणना, यस कारण मुख्य निर्वाचन अधिकृतलेनै दिए राजीनामा

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकामा अझैसम्म पनि मतगणना सुरू भएको छैन।

सहायक निर्वाचन अधिकृत दिलिप मगरले मतगणना सुरू गर्न नसकिएको जानकारी दिएका छन्।

शुक्रबार वडानम्बर १२ मा मतदान हुने क्रममा विवाद उत्पन्न हुँदा मतदान नै स्थगित भएको थियो।

त्यसपछि दलहरूबीच पटकपटक छलफल हुँदा समेत सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन।

शुक्रबार साँझ बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेले १२ नम्बर वडामा अहिलेकै अवस्थामा मतगणना सुरू गर्नुपर्ने बताएको थिय भने एकीकृत समाजवादी लगायतका दलले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए।

शुक्रबार साँझ सर्वदलीय बैठक चलिरहँदा मुख्य निर्वाचन अधिकृत दिपक खनाल एक्कासी बेहोस भएपछि थप समस्या उत्पन्न भएको छ।

बैठक चलिरहँदा पौने ६ बजेतिर खनाल एक्कासी बेहोस भएका थिए। लगत्तै बैठक स्थगित भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार खनालले आयोगसमक्ष राजीनामा दिएका छन्। तर आयोगले खनालको राजीनामा स्वीकृत गरिसकेको छैन।

‘मुख्य निर्वाचन अधिकृतले स्वास्थ्यको कारण राजीनामा दिनुभएको छ तर आयोगबाट स्वीकृत भएको छैन।

त्यसैले आयोगबाट वैकल्पिक व्यवस्था नभइन्जेल मतगणना सुर हुँदैन,’ सहायक निर्वाचन अधिकृत मगरले भने।

त्रियुगामा गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएको छ।

नेपाली कांग्रेस छुट्टै चुनावी मैदानमा छ। कांग्रेसबाट बसन्तकुमार बस्नेत मेयरमा उठेका छन् भने एकीकृत समाजवादीका बलदेव चौधरी गठबन्धनबाट मेयर उम्मेदवार छन्।

चौधरी यसअघिको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।

त्रियुगामा यसपटक गठबन्धनका यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देनिएको छ। एमालेका भागवत राउत पनि चुनावी प्रतिस्पर्धामा छन्।


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...