back

उदयपुरको त्रियुगामा अझै सुरू भएन मतगणना, यस कारण मुख्य निर्वाचन अधिकृतलेनै दिए राजीनामा

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकामा अझैसम्म पनि मतगणना सुरू भएको छैन।

सहायक निर्वाचन अधिकृत दिलिप मगरले मतगणना सुरू गर्न नसकिएको जानकारी दिएका छन्।

शुक्रबार वडानम्बर १२ मा मतदान हुने क्रममा विवाद उत्पन्न हुँदा मतदान नै स्थगित भएको थियो।

त्यसपछि दलहरूबीच पटकपटक छलफल हुँदा समेत सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन।

शुक्रबार साँझ बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेले १२ नम्बर वडामा अहिलेकै अवस्थामा मतगणना सुरू गर्नुपर्ने बताएको थिय भने एकीकृत समाजवादी लगायतका दलले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए।

शुक्रबार साँझ सर्वदलीय बैठक चलिरहँदा मुख्य निर्वाचन अधिकृत दिपक खनाल एक्कासी बेहोस भएपछि थप समस्या उत्पन्न भएको छ।

बैठक चलिरहँदा पौने ६ बजेतिर खनाल एक्कासी बेहोस भएका थिए। लगत्तै बैठक स्थगित भएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार खनालले आयोगसमक्ष राजीनामा दिएका छन्। तर आयोगले खनालको राजीनामा स्वीकृत गरिसकेको छैन।

‘मुख्य निर्वाचन अधिकृतले स्वास्थ्यको कारण राजीनामा दिनुभएको छ तर आयोगबाट स्वीकृत भएको छैन।

त्यसैले आयोगबाट वैकल्पिक व्यवस्था नभइन्जेल मतगणना सुर हुँदैन,’ सहायक निर्वाचन अधिकृत मगरले भने।

त्रियुगामा गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएको छ।

नेपाली कांग्रेस छुट्टै चुनावी मैदानमा छ। कांग्रेसबाट बसन्तकुमार बस्नेत मेयरमा उठेका छन् भने एकीकृत समाजवादीका बलदेव चौधरी गठबन्धनबाट मेयर उम्मेदवार छन्।

चौधरी यसअघिको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।

त्रियुगामा यसपटक गठबन्धनका यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देनिएको छ। एमालेका भागवत राउत पनि चुनावी प्रतिस्पर्धामा छन्।

nactional life
Corporatebazar 11 Anniversary

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...