पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित, उनले भने चुनाबमा गएपछि हार–जित भैहाल्छ
वि.सं.२०७९ जेठ १ आइतवार
काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए ।
उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।
वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।
पराजित भएका पौडेलले फेसवुकमा स्टाटस लेखेका छन्‘चुनाबमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं ।’
प्रकाशित समय : १३:०५ बजे




















