back
himalayan life

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आगामी जेठ ८ गते हुने कोषाध्यक्ष पदको निर्वाचनका लागि वर्तमान कार्यकारी सदस्य अम्बिका पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । महासङ्घमा लगातार तेस्रो कार्यकाल कार्यसमिति सदस्यका रूपमा निर्वाचित भई काम गरिसकेका पौडेलले संस्थागत सुशासन, पारदर्शिता र सम्पूर्ण व्यवसायीहरूको अपनत्व महसुस गराउन आफ्नो उम्मेदवारी रहेको प्रस्ट पारेका हुन् ।

विगतमा महासङ्घको पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापति जस्तो जिम्मेवारी निर्वाह गरिसकेका उनले निजी क्षेत्रको मुद्दामा निरन्तर वकालत गर्दै आएका छन् । उम्मेदवारी घोषणाका क्रममा पौडेलले कर, भन्सार, अन्तःशुल्क लगायतका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने आफ्नो अनुभव नै मुख्य जितको आधार भएको उल्लेख गरे ।

“बलियो अर्थतन्त्रका लागि बलियो निजी क्षेत्र आवश्यक हुन्छ र बलियो निजी क्षेत्रका लागि सक्षम, पारदर्शी तथा उत्तरदायी महासङ्घ उत्तिकै अपरिहार्य हुन्छ,” उम्मेदवारी सार्वजनिक गर्दै उनले भने, “मेरो उम्मेदवारी केवल पद प्राप्तिका लागि होइन, महासङ्घलाई अझ गतिशील, प्रभावकारी र सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउनका लागि हो ।”

विगतका निर्वाचनहरूमा व्यवसायीहरूबाट उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएका उनले साना, मझौला र ठूला सबै प्रकृतिका व्यवसायीका आवाजलाई महासङ्घको नेतृत्व तहमा समान रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । महासङ्घलाई केही व्यक्तिको मात्र नभई समग्र देशका उद्योगी–व्यवसायीहरूको साझा थलोका रूपमा विकास गर्ने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ ।

महासङ्घभित्र व्यावसायिक छविका रूपमा चिनिएका उनले सम्पूर्ण व्यवसायी साथीहरूलाई आफ्नो संस्थागत विकासको यस अभियानमा साथ, सुझाव र अमूल्य समर्थन दिन अपिल गरेका छन् । जेठ ८ गते हुने कोषाध्यक्षको निर्वाचनलाई महासङ्घको भावी आर्थिक नीति र सुशासनको दिशा तय गर्ने महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

वि.सं.२०८३ असार २३ मंगलवार १९:२१

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक...

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार २३ मंगलवार १३:०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

वि.सं.२०८३ असार २३ मंगलवार १२:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा...

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

वि.सं.२०८३ असार २२ सोमवार १६:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र...

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

नागार्जुन – ८ मा व्यक्तिको जग्गामा अनाधिकृत रुपमा खनियो सडक, वडाध्यक्ष भन्छन्,‘ मलाई थाहा छैन’

वि.सं.२०८३ असार २२ सोमवार १५:३०

काठमाडौँ । विकासको नाममा विना योजना, विना मुआब्जा र विना...

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना

वि.सं.२०८३ असार २२ सोमवार १०:३९

काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला...