काभ्रेको धुलिखेलमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतको अग्रता कायमै

वि.सं.२०७९ वैशाख ३१ शनिवार

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।
वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार बस्नेतले २८३ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।

प्रकाशित समय : ०९:१२ बजे