back

स्थानीय तह निर्वाचनः १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा पुगेको बताए ।

स्थानीय तह निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा निर्वाचनमा होमिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा एक लाख ४५ हजार ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पुरा भएको पौडेलले बताए ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको छ । त्यसमध्ये ६ जना वडाध्यक्ष सहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

१० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ पदमा प्रतिस्पर्धा गर्दैछन् । जसमा निर्विरोध निर्वाचित भएकालाई पनि समावेश गरिएको छ ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीहरूसहित एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयमसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको प्रवक्ता पौडेलले बताए ।

nactional life
Corporatebazar 11 Anniversary

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

एकल महिलाले दोस्रो विवाह गरे पनि अंश फिर्ता गर्नु नपर्ने, सर्वोच्चद्वारा विवादास्पद कानुनी व्यवस्था खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:१९

काठमाडौं । एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट...

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

वि.सं.२०८३ वैशाख २१ सोमवार १७:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले...

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...