back

उम्मेदवार नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको यसरि भयो खुलासा

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–८ को वडा अध्यक्ष पदमा उम्मेदवार छन्, शेरबहादुर नेम्बाङ । नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बनेका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार नेम्बाङले गाउँकै खेमराज गुरुङलाई यसअघि अध्यक्ष हुँदा दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको हो ।

गुरुङ राहधानी बनाउन आएको र सो क्रममा उनको ‘फिङ्‍गर प्रिन्ट’ मिलेको थियो । त्यसपछि अनुसन्धानको क्रममा नागरिकताका लागि नेम्बाङले दोहोरो सिफारिस गरेको र सोही आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको पाइएको हो ।

कार्यालयको ढड्‍डामा उल्लेख भएको विवरणअनुसार १ चैत २०७२ मा गुरुङले नागरिकता लिएको देखिन्छ । उक्त नागरिकतामा उनको जन्म मिति २०५५ माघ २० गते उल्लेख छ ।

तर, फेरि नेम्बाङले नाम र जन्म मिति परिवर्तन गरेर अर्को नागरिकता दिलाउन सिफारिस गरेको पाइएको हो ।

नेम्बाङले गरेको सिफारिसअनुसार गुरुङले २८ माघ २०७८ मा सुरेश गुरुङको नामबाट नागरिकता लिएको पाइएको हो ।

उक्त मितिमा जारी नागरिकतामा उनको जन्म मिति ५ माघ २०५९ उल्लेख छ । दोस्रो पटक नागरिकता लिँदाको नागरिकता नम्बर २–०१–७८–०४१८७ रहेको छ ।

दोहोरो नागरिकता दिन सिफारिस गरेका नेम्बाङले भुलवस सिफारिस गरेको बताएका छन् ।

यसअघि वडा अध्यक्ष निर्वाचित हुनु पहिले गुरुङले नागरिकता बनाइसकेको तर आफूलाई त्यसबारे थाहा नभएको पनि बताए ।

उनले भनेका छन्, ‘पहिले नागरिकता लिएको मलाई थाहा थिएन । भुलवस सिफारिस गरेको रहेछु ।’नागरिकतामा गुरुङको बाबुको नाम रमेश गुरुङ र आमाको नाम पदममाया गुरुङ रहेका छन् ।

कुनै व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिन र दिन कानुनतः मिल्दैन । जुन दण्डनीय छ । तर, नेम्बाङलाई भने कानुनी दायरमा ल्याउन प्रशासन मौन छ ।

nactional life
Corporatebazar 11 Anniversary

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

गोल्छा प्रकरण: कानुनी प्रक्रिया मिचेर थुनेको सर्वोच्चको ठहर, बीमा कसुरमा पुनः पक्राउ पर्ने सम्भावन

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:०९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

कानुन, न्याय तथा मानव अधिकार समितिको प्रभावकारिता बढाउन कार्यक्षेत्र स्पष्ट पारिने : समिक्षा बास्कोटा

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:०६

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सदस्य...

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

न्यायको लागि कतिन्जेल सडकमा लड्ने ? : रचना खतिवडा

वि.सं.२०८३ वैशाख २१ सोमवार १७:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले...

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

मन्त्रिपरिषद् निर्णय: संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, विश्व बैंकको साढे ७ अर्ब सहयोग स्वीकार

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका...

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...