back

उम्मेदवार नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको यसरि भयो खुलासा

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–८ को वडा अध्यक्ष पदमा उम्मेदवार छन्, शेरबहादुर नेम्बाङ । नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बनेका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार नेम्बाङले गाउँकै खेमराज गुरुङलाई यसअघि अध्यक्ष हुँदा दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको हो ।

गुरुङ राहधानी बनाउन आएको र सो क्रममा उनको ‘फिङ्‍गर प्रिन्ट’ मिलेको थियो । त्यसपछि अनुसन्धानको क्रममा नागरिकताका लागि नेम्बाङले दोहोरो सिफारिस गरेको र सोही आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको पाइएको हो ।

कार्यालयको ढड्‍डामा उल्लेख भएको विवरणअनुसार १ चैत २०७२ मा गुरुङले नागरिकता लिएको देखिन्छ । उक्त नागरिकतामा उनको जन्म मिति २०५५ माघ २० गते उल्लेख छ ।

तर, फेरि नेम्बाङले नाम र जन्म मिति परिवर्तन गरेर अर्को नागरिकता दिलाउन सिफारिस गरेको पाइएको हो ।

नेम्बाङले गरेको सिफारिसअनुसार गुरुङले २८ माघ २०७८ मा सुरेश गुरुङको नामबाट नागरिकता लिएको पाइएको हो ।

उक्त मितिमा जारी नागरिकतामा उनको जन्म मिति ५ माघ २०५९ उल्लेख छ । दोस्रो पटक नागरिकता लिँदाको नागरिकता नम्बर २–०१–७८–०४१८७ रहेको छ ।

दोहोरो नागरिकता दिन सिफारिस गरेका नेम्बाङले भुलवस सिफारिस गरेको बताएका छन् ।

यसअघि वडा अध्यक्ष निर्वाचित हुनु पहिले गुरुङले नागरिकता बनाइसकेको तर आफूलाई त्यसबारे थाहा नभएको पनि बताए ।

उनले भनेका छन्, ‘पहिले नागरिकता लिएको मलाई थाहा थिएन । भुलवस सिफारिस गरेको रहेछु ।’नागरिकतामा गुरुङको बाबुको नाम रमेश गुरुङ र आमाको नाम पदममाया गुरुङ रहेका छन् ।

कुनै व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिन र दिन कानुनतः मिल्दैन । जुन दण्डनीय छ । तर, नेम्बाङलाई भने कानुनी दायरमा ल्याउन प्रशासन मौन छ ।


देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

हिम्मत भए संसद भवन भत्काएर देखाऊ : बालेनलाई सांसद सिंहको चुनौती

वि.सं.२०८१ माघ २८ सोमवार १४:२४

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन...