back

रुसबाट भारतले तेल किनेपछि अमेरिकाले के भन्यो ?

काठमाडौं । रुसबाट तेल आयात गरेको विषयमा भारतले रुसमाथि लागेको कुनै पनि प्रतिबन्धको उल्लंघन नगरेको अमेरिकाले जनाएको छ ।

अमेरिकाको यो भनाइ प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनकाबीच भएको भर्चुअल भेटघाटपछि आएको हो ।

सोमबार ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले दुवै देशबीच भएको वार्ता सकारात्मक भएको बताएकी छन् ।

बाइडेनले भारतमा रुसबाट ऊर्जा कारोबार सीमित गर्न दबाब दिएको हो वा होइन भन्ने विषयमा साकीले भनिन्,‘उर्जा आयात प्रतिबन्धित छैन र भारतले हामीले लगाएको प्रतिबन्धको उल्लंघन गरेको छैन । हामी यो स्वीकार गर्छौ कि प्रत्येक देशले आफ्नो हितमा निर्णय लिने गर्छ ।’

यद्यपि दुई नेताबीचको बैठकको अवधिमा बाइडेनले प्रधानमन्त्री मोदीसँग रुसबाट प्रत्येक उत्पादनको आयात बढाउन भारतको हितमा नभएको साकीले बताएकी छिन् ।

बाइडेनले रुसबाट तेल खरिद नबढाउने विषयमा मोदीसँग कुनै प्रतिबद्धता मागेका थिए भनि सोधिएको प्रश्नमा साकीले भनिन्,‘यो विषयमा प्रधानमन्त्री मोदी र भारतीय नेताले नै भन्नेछन् ।

भारतले रुसबाट केवल १–२ प्रतिशत तेल मात्रै खरिद गर्छ । अमेरिकाबाट १० प्रतिशत खरिद गर्छ । यो कुनैपनि प्रतिबन्धको उल्लंघन होइन ।’

 

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...