back

भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

nactional life

भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।

जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ।

अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्। खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २-२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।

सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ।

भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...